इलिशा पराजुली कक्षा ११, हेटौँडामा स्कूल अफ म्यानेजमेन्ट

म सानैदेखि हजुरबाबाकी प्यारी नातिनी । जेठी नातिनी भएकाले पनि नातिनातिनाले पाउने माया, मेरो भागमा एक चोइटो बढी नै परेको छ जस्तो लाग्छ । म हजुरबाकी नातिनी, हजुरबाबाकी प्यारी, हजुरबाबाको आखाँको नानी, हजुरबाबाको मायाको खानी । मेरा लागि हजुरबाबा, मेरो इच्छापूर्तिकर्ता । हजुरबुबाले मलाई सानैदेखि “नानी के चाहिन्छ तलाई ?” भनेर सोध्दै नचाहिॅंएका कुरासमेत पुर्‍याइदिनुहुन्थ्यो । उहाँ मेरा लागि अनेकथोक जुटाइदिने, सबथोक।

सानोछॅंदा हजुरबाबाको पछि लागेर खुब हिड्थेँ म । हजुरबाबा साइकल लिएर खुब डुल्नुहुन्थ्यो । म हजुरबाबासॅंगै साइकलको टोकरीमा बसेर डुल्थेँ । अलि ठूलो भएपछि मेरो ठाउँ साटियो अनि म साइकल पछाडि बस्न थालेँ । हजुरबाबाले मलाई जहाँ जहाँ लैजानुहुन्थ्यो, म त्यहीँ त्यहीँ जान्थेँ । मलाई लैजान भुलेका दिन हजुरबाबा जहाँ जानुहुन्थ्यो, बिच बाटोबाटै फर्केर आउनुहुन्थ्यो । हजुरबाबासॅंग घुम्न नगई मलाई चित्त बुझ्थेन, हजुरबाबालाई पनि मलाई घुमाउन नलग्दा चित्त बुझ्थेन ।

सानैदेखि म मामु(ड्याडीसॅंगभन्दा बढी हजुरबा हजुरआमासॅंग सुत्न मन पराउथेँ । हजुरबाबाले मलाई सुत्ने बेला अनेक व्यन्जनका कथाहरू सुनाउनुहुन्थ्यो । उहाँका कथाहरू मेरा लागि स्लिपिङ ट्याव्लेट थिए । हजुरबाबा मलाई आफ्ना सङ्घर्षका कथा सुनाउनुहुन्थ्यो । समाजले जिल खाइरहेको कथा सुनाउनुहुन्थ्यो । हात्ती, बाघदेखि लिएर स(साना किरा फट्याङ्ग्रा समेतका कथा सुनाउनुहुन्थ्यो । उहाँले सानैदेखि मलाई कथाको मार्फत समाज पढाउनुहुन्थ्यो । सानोमा हजुरबाबाको कथा नसुनी निदाएका दिनहरू मलाई बिल्कुलै याद छैन । बरू म कथा सुन्दासुन्दै निदाउॅंथेँ । हजुरबाबा बेगसॅंगै कथा भनिरहनुहुँदो रहेछ । बिहान उठेपछि, “म कस्तो राम्रो कथा भन्दै थिएँ, यो त निदाइसकेकी रैछ” भन्नुहुन्थ्यो । यो सुन्दा मलाई दिनको एउटा महत्वपूर्ण हिस्सा छुटेको जस्तो लाग्थ्यो अनि, हजुरबाबा आज फेरि त्यही कथा सुनाउनु है, आज चाहिॅं पक्का छिटो निदाउॅंदिनँ भन्दै वाचा गर्थेँ ।

मलाई सानो छॅंदा बेलुनको खुब सोख थियो । हुन त अहिलेपनि कतै बेलुन देखिहालेँ भने मामु साथमा हुँदा, किन्दिनु न भन्दै जिस्किन्छु, कर चाहिॅं गर्दिनँ । तर सानोछॅंदा म बेलुन कै लागि आँसु खर्चिन्थेँ । बाटोमा बेच्न ल्याएको बेलुनको आवाज सुन्नासाथ म बेलुन चाहियो भनेर हजुरबाबालाई पिरोल्थेँ । हजुरबाबाले मलाई थरीथरीका बेलुनहरू किन्दिनुहुन्थ्यो । बेलुन पाउॅनासाथ बेलुनमा भरिएको हावासरि प्रफुल्ल भएर आउथ्यो मेरो मन पनि । ती दिनहरूलाई फर्केर हेर्दा, आजपनि ती दिनहरूसॅंग मित्रता गाँस्न मन लाग्छ।

अहिले म पहिलेभन्दा ठूली हुँदै आएकी छु । म ठूली भएसॅंगै हजुरबाबा बूढो हुँदै जानुभएको छ । उहाँका हात, गालाहरूमा मैले सानो छॅंदा लाउने जामाको जस्तै मुजाहरू थपिॅंदै गएका छन् । जवानीमा सङ्घर्षले दुस्खलाई चपाएरै खुलुत्त निलेका मेरा हजुरबाबाका दाँतहरू आज बेठङ्गले टुक्रिरहेका छन् । पहिले हिॅंडेरै कयौँ यात्रा तय गर्नुभएको मेरो बाबाका गोडाहरू पनि अचेल हिँड्नै नपाई गल्न थालेका छन् तर बाबाको इच्छाशक्ति, आत्मविश्वास र जीवनप्रतिको दृष्टिकोणमा, अह १ अलिकति पनि हलचल आएको महसुसमैले गरेकी छैन । तर पनि जब(जब म हजुरबाबा बूढो हुँदै जानुभएको छ भन्ने अनुभूति गर्छु, मनमा कताकता च्वास्स बिज्छ। यस्तो बिजाई म बिरलै महसुस गर्छु । फेरि, म सधैँ सानै भइरहन नमिले जस्तै त होनि सोच्छु, जसोतसो चित्त बुझाउॅंछु ।

हुन त सबै कुराहरू पहिले जस्तै छैनन् । परिवर्तन त समयको माग नै हो । कुराहरू सधैँ एउटै भइरहने हो भने पनि ती कुराको त्यति धेरै महत्व नहुने रहेछ । अहिले हजुरबाबा चितवन म हेटौँडा । म हजुरबाबालाई धेरै सम्झन्छु । दिनदिनै भने अन्याय हुन्छ, म उहाँलाई एकैदिनमा पटक(पटक सम्झन्छु । जतिनै सम्झेपनि फोन गरेर सम्झेको छु भन्न सक्दिनँ । बरू हजुरबाबा आफैँ मलाई बेलावखत फोन गरेर “के छ, कस्तो छ ?” सोध्नुहुन्छ । म “ठीक छ बाबा, हजुरलाई कस्तो छ ?” भनेर सोध्छु । फोनमा म धेरै बोल्दिनँ । बोल्दिन भन्दापनि म बोल्न सक्दिनँ । हुन पनि म उहाँलाई कसरी भनूँ, मलाई फेरि त्यहीँ साइकलको टोकरीमा बसेर, उही ठाउॅंहरू पुनस् परिक्रमा गर्ने धोको छ।