हेटौंडाः मकवानपुरमा सोमबार १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३७ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा ५ जनामा र २३ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ४ जना, थाहा नगरपालिकाका ४ जना, मकवानपुरगढी र भिमफेदी गाउँपालिकाका १÷१ जना रहेका छन् । जिल्लामा यसै अवधिमा २५ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा अहिले १ सय १८ जना कोरोना संक्रमणका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये होमआइसोलेसनमा १ सय १२ जना र संस्थागत आइसोलेसनमा ६ जना उपचाररत रहेका छन् ।