नक्कली सपनाः
बिहान एक हुल डाक्टरहरू एम्बुलेन्स साथ लिएर आए । अनी सोधे (तपाईँलाई केही समस्या छ ?
म निराश भएँ । हिजै पनि सोधेकै हुन् । अस्ती पनि सोधेकै हुन् ।कति दिक्क लाउँछन् हँ ?
यो सरकार आएपछि झनै उदेक लागेको छ । स्वतन्त्र भएर बाँच्न पनि नदिने भए ।
फोन आउँछ (तपाईँको इन्टरनेटमा केही समस्या छ ? तपाईँको धारामा पिउने पानी आइरहेकै छ ? तपाईँको भान्साका लागि हामी केही सहयोग गर्न चाहन्छौं । तपाईँले भोट हालेबापत र भाषण पढ्नु तथा सुन्नुपरे बापत पाउनुपर्ने आर्थिक सुविधा खातामा आइसकेको छ । हेर्न भ्याउनु भयो ? तपाईँले जनतालाई सुसूचित गरेबापत सरकारले इन्सेन्टिभ दिने भएको छ, तपाईँको राय के छ ? तपाईँलाई यो व्यवस्थामा कुनै दुखेसो छ ? आदित्यादी ।
घडीको अलार्म बज्यो । ब्यूझिएँ । नेपालमा हुँदा त विदेशी सपना नदेख्नुनि ।
देशमा छु भन्ने प्रमाणः
विदेशमा जस्तै सरकारले फोर्स लिभ दिएको छ । थुप्रै सरकारी कार्यालयहरु बन्द छन् । प्रसङ्ग जे सुकै होस् । बेलुकासम्म कुनै लाइक र कमेन्ट आएनन् । मान्छेहरु मभन्दा पनि व्यस्त छन् कि क्या हो । आ होस् मेरो पो फेसबुककै खाना, ट्वीटरको नाना, अनी टिकटकको गाना बजानामा दिनरात बित्छ । अरुलाई आ (आफ्नो कामधन्दा होला क्यार । अनी एउटा कविता लेखेँ र पोस्ट गरेँ ।
देश देश भन्छौं सधैँ, छैन घर नेपाली
दुख पर्दा कसको छ र, भर नेपाली
अभाव, अनिकाल अनि पीडा बोकेर
घर घरमै थन्किएर मर नेपाली ।
सहरमा जस्को चर्चा छ
अहो, कविता लेखेर बाँच्न गाह्रो पो छ त । काम गर्नै पर्यो र । खानै पर्यो । खुवाउनै पर्यो । न कविता सुनाएर बुढी खुशी हुन्छिन् न त छोरीको स्कूलको फी नै तिर्ने पैसा कमाइने हो । कल्पिँदै खानाको तयारीमा लागेँ । उसैबेला तरकारी डढाउनेगरी फेसबुकमा रल्लिँदै थेँ । फेसबुकभरि बधाईका बधाई देख्छु । बधाई पनि यति थिए कि मानौं बधाई दिन जुकरबर्ग मात्रै बाँकी छन् ।
आजकाल उनी निकै व्यस्त छन् । त्यसो त उनी जहिल्यै मस्त हुने नै हुन् । निर्देशक अर्कै भए पनि उनलाई धेरैले शिक्षकभित्रका कलाकार मान्दछन् । उनी भन्छन् (शीर्ष पदमा बस्नबाहेक अर्थोक नजानेका भनेर नसक्नेहरुले आरिसपनि गर्छन् । म पार्ट टाइम मिडियाकर्मी हुँ । उनै विद्यार्थी र अभिभावकको गाली खाने, आफ्ना आफन्तजनको बधाई खाने उखालेसँग मैले मुखाले मिडियामार्फत् एउटा अन्तर्वार्ता लिने प्रयास गरेँ । निकैबेरको प्रयासपछि फोन लाग्यो । कुराकानी यस्ता भए ।
मुखालेः नमस्कार म मुखाले मिडियाबाट ।
उखालेः नमस्कार म उखाले ।
मुखालेः तपाईँलाई बधाईको ओइरो देखेर एउटा अन्तर्वार्ता छापुँ कि भनेर नि ।
उखालेः हो, म भर्खरै एउटा सामुदायिक स्कूलको हेडसर भएँ ।
मुखालेः पहिले पहिले पनि अरु स्कूलमा हेडसर नै हुनुहुन्थ्यो ? तपाईँ फेरि हेडसर बन्नु भयो नि । यसमा के छ प्रतिकृया ?
उखालेः एक पटक हेडसर भैसकेपछि त्योभन्दा तल बसेर काम गर्न गाह्रो हुँदो रैछ ।
मुखालेः अनी गाह्रो किन भएको होला ?
उखालेः पढाउनु पर्छ भनेर ।
मुखालेः तपाईँलाई एउटा आरोप छ । तपाईँ पदका लागि कृष्ण कृष्ण भजन गाउँदा उताबाट राधे राधे मिलाउनेहरु छन् रे नि हो त ?
उखालेः म तिकडममा मास्टर्स गरेको हुँ । छलछाम गोजीमै बोकेर हिँड्छु । झण्डा भन्नुहुन्छ भने दलको बाहेक अर्थोक बोकेको छैन ।
मुखालेः अनी तपाईँको प्राथमिकता केमा हुन्छ त उसो भए ?
उखालेः अर्थोक त जान्दिनँ पदका लागि लडाईँ जहिल्यै पहिलो प्राथमिकता हुन्छ । यसैले सुधार्ने कुरामा स्कूल र पढाइ जहिल्यै दोश्रो नम्बरमा पर्छ ।
मुखालेः भनेपछि स्कूल बन्दाबन्दी त यहाँहरूलाई दशैं नै भयो नि होइन ?
उखालेः त्योभन्दा ठूलो चाड कुन होला र ?
मुखालेः अनी पढाएरै पास हुन त गाह्रै रहेछ त हेडसर ?
उखालेः म पढाएरभन्दा चढाएर माथि पुग्छ भन्नेमा विश्वास गर्दछु । यसैले आन्दोलन र कोरोना संकटहरुमाथि विश्वास गर्दछु ।
(जिन्दगीदेखि थाक्दै गएको म अन्तर्वार्तापछि झनैथाकेँ ।)
दुईरचार वटा साहित्यिक कार्यक्रमको रिपोर्टिङ पनि छ । अरुबारे लेख्दालेख्दै आफैंमाथि रिपोर्टिङ गर्ने कोही नहुँदो रहेछ । घरमा श्रीमतीले टाइम नै दिएनौ भनेकी पनि थुप्रै भयो । घडी लगिदिनु त अब ? बालबच्चाकाको स्कूल फि जम्मा गर्नु पनि छ । सरकारले नियमित कमाइ नहुनेका लागि पार्ट टाइमको व्यवस्था गर्दिए पनि हुने नि । काम पनि हुने खर्च पनि हुने । यो अन्तर्वार्ता छापिएपछि कतिले सत्तोसराप गर्दा हुन् । झोलामा डायरी र कलम बोकी दुइचार मान्छे जम्मा भएकामा पुग्नैपर्ने दुनियाँले भन्ने झोले र अलपत्र (कार मैँ हुँ। अलपत्र छु, असरल्ल छन् आफ्नै सपनाहरू ।