हेटौंडाः साहित्य संगम मकवानपुरको आयोजनामा शनिबार ३१५ औं नियमित साहित्य सन्ध्या तथा खेम बानियाँ स्मृति विशेष कार्यक्रम भएको छ । भर्चुअल माध्यमबाट साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको अध्यक्षता तथा लघुकथाकार पुष्करराज भट्टको प्रमुख अतिथ्यमा कार्यक्रम भएको हो ।
प्रमुख अतिथि भट्टले जीवन संघर्षमय रहेको बताउनुहुँदै लघुकथाले मानिसलाई थप संघर्ष गरी जिवन जिउन सहयोग पुग्ने बताउनुभएको छ । कार्यक्रममा सहभागीहरुले रचना वाचन गर्नुका साथै खेम बानियाँको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतम, झरनाकै संस्थापक सल्लाहकार रमेशमोहन अधिकारी, बुढ्यौली साहित्य समाजका संयोजक आरसी रिजाल, संगमका उपाध्यक्ष सानु खनाल, सचिव डीबी बर्तौला, संप्रश पौडेल लगायतको उपस्थिति रहेको थियो ।