हेटौंडाः अङ्गारा युवा क्लब मकवानपुरको थाहा नगरपालिकामा जारी तेस्रो थाहा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमिफाइनलको पहिलो खेलमा समुह ‘बी’ मा रहेको ऋषेश्वर–११ ‘बी’ लाई पराजित गर्दै अङ्गारा युवाले फाइनलमा स्थान पक्का गरेको हो ।
सेमिफाइनलको खेलमा अङ्गारा युवा क्लबले ऋषेश्वर ११ लाई २–० गोलअन्तर पराजित ग¥यो । सेमिफाइनलको दोस्रो खेलमा समुह ‘ए’ मा रहेका बारा युथ क्लब र हेटौंडा–७ नागस्वती फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल भोलि मंगलबार हुने जनाइएको छ । २६ टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधी विजेताले १ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।