जेसीआई हेटौंडा लेडी वर्ष २०२२ की अध्यक्ष कविता पौडेललाई पद हस्तान्तरण गरिँदै ।

हेटौंडाः जेसीआई हेटौंडा लेडी वर्ष २०२२ को अध्यक्षमा कविता पौडेल पदस्थापित हुनुभएको छ । आइतबार हेटौंडामा २४ औं पदस्थापन कार्यक्रमको आयोजना गरी पौडेललाई अध्यक्षमा पदस्थापित गरिएको हो । वर्ष २०२१ की अध्यक्ष प्रतिमा श्रेष्ठले वर्ष २०२२ की अध्यक्ष कविता पौडेललाई पद हस्तान्तरण गर्नुभएको हो ।

जेसीआई हेटौंडा लेडी वर्ष २०२२ का पदाधिकारीलाई सपथ गराउनुहुँदै अध्यक्ष कविता पौडेल ।

गत पुस १६ गते सम्पन्न साधारणसभाबाट कविता पौडेल अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो । जेसीआई हेटौंडा लेडीको कार्यकारिणी उपाध्यक्षमा उपाध्यक्षमा सजिता केसी र सुनिता राई निर्वाचित हुँदा उपाध्यक्षमा इन्दिरा बानियाँ, पुष्पा क्षेत्री, मञ्जु मैनाली र सरस्वती थिङ निर्वाचित हुनुभएको छ । आइतबार अध्यक्षमा पदस्थापनपछि कविता पौडेलले महासचिवमा दिलु घर्ती मगर, कोषाध्यक्ष अस्मिता न्यौपाने, कानुनी सल्लाहकार शिखा भट्टराई शर्मालाई नियुक्त गर्नुभएको छ ।

पदस्थापन कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा नेपाल जेसीज वर्ष २०२१ का अध्यक्ष अरुणेश्वर खनालको पनि आतिथ्य रहेको थियो ।