हेटौंडाः पछिल्लो २४ घण्टामा मकवानपुरका १ सय ७६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टाको अवधिमा मकवानपुरमा कोभिड–१९ संक्रमित दुईजनाको ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार ९४ जनाको पीसीआर परीक्षण गर्दा ६८ जनामा संक्रमण पुष्टि भएको छ भने ४ सय ५२ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ सय ८ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै मकवानपुर जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ६९ पुगेको छ । जसमध्ये ६ जना संस्थागत आइसोलेसनमा छन् भने ५ सय ६३ जना घरमै आइसोलेसनमा छन् ।