हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा जारी तेस्रो थाहा गोल्डकपमा जीत हात पार्दै हेटौंडा–७ स्थित नागश्वती फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको क्वाटरफाइनलतर्फको खेलमा ३–० गोलले पछाडी परेको अवस्थामा नाटकीय खेल प्रदर्शन गर्दै हेटौंडा–७ ले महांकाल एफसीलाई ५–४ गोलअन्तरले पराजित गरेको हो ।

यसअघि आज नै भएको पहिलो खेलमा ऋषेश्वर ११ ‘बी’ फुटबल क्लबले ७ नं. वडा थाहा नगरपालिका चित्लाङलाई ३–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । अहिले क्वाटर फाइनल तर्फको दोस्रो तथा आजको तेस्रो खेल सुरु भएको छ । उक्त खेलमा डाँडाबास एफसी र अङ्गारा युवा क्लबबिच प्रतिस्पर्धा भइरहेको छ ।

मकवानपुरसहित बारा, धादिङ तथा काठमाडौंका गरी २६ टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ पाउनेछ ।