हेटौंडाः विगत २४ घण्टामा मकवानपुरमा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार स्वाब संकलन गराएका ६६ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हो ।
शनिबार ९४ जनाको स्वाबलाई पि.सि.आर परीक्षण गर्दा ६२ जना पोजेटिभ देखिएको कार्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एन्टिजेन परिक्षण भने गरिएको छैन । कोरोना संक्रमण भएका मध्ये ४ जना संस्थागत आइसोलेसन र ३६० जना होम आइसोलेसनमा गरी जिल्लामा ३६४ जना सक्रिय संक्रमित रहेका छन् ।
छिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट जिल्लामा कसैको मृत्यु नभएको पनि स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । जिल्लामा हालसम्म कोरोनाको कारण १६८ जनाले ज्यान गुमाइसकेका छन् ।
यस्तै मकवानपुरमा हालसम्म २ लाख ७४ हजार ४८६ जनाले कोभिड–१९ बिरुद्धको पहिलो मात्रा भ्याक्सिन (खोप) लगाएका छन भने १ लाख ९३ हजार ३५० जनाले पूर्ण खोप लगाइसकेका छन् ।