Home खेलकुद नाटकीय जीतसँगै हेटौंडा–७ थाहा गोल्डकपको सेमिफाइनमा

नाटकीय जीतसँगै हेटौंडा–७ थाहा गोल्डकपको सेमिफाइनमा

हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा जारी तेस्रो थाहा गोल्डकपमा जीत हात पार्दै हेटौंडा–७ स्थित नागश्वती फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको क्वाटरफाइनलतर्फको खेलमा ३–० गोलले पछाडी परेको अवस्थामा नाटकीय खेल प्रदर्शन गर्दै हेटौंडा–७ ले महांकाल एफसीलाई ५–४ गोलअन्तरले पराजित गरेको हो ।

यसअघि आज नै भएको पहिलो खेलमा ऋषेश्वर ११ ‘बी’ फुटबल क्लबले ७ नं. वडा थाहा नगरपालिका चित्लाङलाई ३–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । अहिले क्वाटर फाइनल तर्फको दोस्रो तथा आजको तेस्रो खेल सुरु भएको छ । उक्त खेलमा डाँडाबास एफसी र अङ्गारा युवा क्लबबिच प्रतिस्पर्धा भइरहेको छ ।

मकवानपुरसहित बारा, धादिङ तथा काठमाडौंका गरी २६ टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ पाउनेछ ।

Exit mobile version