फाइल तस्बिर ।

हेटौंडाः मकवानपुरमा बुधबार ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८३ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा ५३ जनामा र ५८ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि हो ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ५४ जना, मनहरी गाउँपालिकाका २७ जना र थाहा नगरपालिकाका एक जना रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । योसँगै जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ७ सय ८४ जना पुगेको छ ।

जिल्लामा हाल २ सय ११ जना कोरोना भाइरस संक्रमणका सक्रिय संंक्रमित रहेका छन् । जसमध्ये २ सय ८ जना होमआइसोलेसनमा र तीन जना संस्थागत आइसोलेसनमा उपचाररत छन् । यसै अवधिमा तीन जना कोरोना संक्रमित कोरोनामुक्त भएको छन् । योसँग जिल्लामा कोरोना जित्नेको कुल संख्या १५ हजार ३ सय ३९ पुगेको छ ।

जिल्लामा हालसम्म कोभिड–१९ विरुद्धको पहिलो मात्राको खोप २ लाख ८३ हजार ८ सय ८० जनाले लगाएका छन् । यस्तै पुर्ण मात्राको खोप १ लाख ९० हजार ८ सय ४१ जनाले लगाएका छन् ।