फाइल तस्बिर ।

हेटौंडाः मकवानपुरमा मंगलबार ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६० जनाको पीसीआर विधिबाट परिक्षण गर्दा ३८ जनामा र ३८ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ३७ जना, मनहरी गाउँपालिकाका २० जना र थाहा नगरपालिकाका एक जना रहेका छन् । योसँगै जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ७ सय २ जना पुगेको छ ।

जिल्लामा हाल १ सय ३३ जना कोरोना भाइरस संक्रमणका सक्रिय संंक्रमित रहेका छन् । जसमध्ये सात जना संस्थागत आइसोलेसनमा र १ सय २७ जना होमआइसोलेसनमा उपचाररत छन् ।

यसै अवधिमा ४ जनाले कोरोनालाई जितेका छन् । योसँग जिल्लामा कोरोना जित्नेको कुल संख्या १५ हजार ३ सय ३६ पुगेको छ ।