हेटौंडाः बुधबार बिहानबाट वर्षाको कारण घट्दो तापक्रमले गर्दा विद्यार्थीको स्वास्थ्यमा पर्ने प्रतिकुल असरलाई मध्यनजर गर्दे मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाले पनि सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्षले हस्ताक्षर गरेको एक सुचना जारी गर्दै इन्द्रसरोबरले आफ्नो गाउँपालिका भित्रको सम्पूर्ण विद्यालय बन्द गर्न सुचना जारी गरेको हो । यसअघि मकवानपुरको हेटौंडा उपमहानगर र मकवानपुरगढीले पनि विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।