Home मुख्य समाचार इन्द्रसरोबर गाउँपालिकाका सबै विद्यालय आज बन्द हुने

इन्द्रसरोबर गाउँपालिकाका सबै विद्यालय आज बन्द हुने


हेटौंडाः बुधबार बिहानबाट वर्षाको कारण घट्दो तापक्रमले गर्दा विद्यार्थीको स्वास्थ्यमा पर्ने प्रतिकुल असरलाई मध्यनजर गर्दे मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाले पनि सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्षले हस्ताक्षर गरेको एक सुचना जारी गर्दै इन्द्रसरोबरले आफ्नो गाउँपालिका भित्रको सम्पूर्ण विद्यालय बन्द गर्न सुचना जारी गरेको हो । यसअघि मकवानपुरको हेटौंडा उपमहानगर र मकवानपुरगढीले पनि विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

Exit mobile version