प्रहरीले सार्वजनिक गर्दै ।

हेटौंडाः जुवा खेल्ने मकवानपुरको बकैया गाउँपालिकाका आठ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो बकैया–९ बैरुङ्दमार स्थित खुल्ला चौरमा कौडा खेलिरहेको सुचना प्राप्त हुनासाथ प्रहरीले छापा हानेको थियो ।

हारजित हुने गरी कौडा खेलिरहेको अबस्थामा प्रहरीले कौडा १६ थान, नगद ६७ हजार ६३५ रुपैयाँसहित बकैयाँ ९ का ३६ वर्षीय दावा लामा, ४० वर्षीय दिपलाल थोकर, ४९ वर्षीय सुन्दर घिसिङ, ५५ वर्षीय राम बहादुर थिङ, ३२ वर्षीय ससील लामा, ४५ वर्षीय विजय वाईवा, र २६ वर्षीय आकास न्यासुरलाई पक्राउ गरेको छ ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट आज ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिनुभयो ।