हेटौंडाः मकवानपुरको मनहरी–७ स्थित बजार क्षेत्रमा सरसफाई गरिएको छ । सोमबार विभिन्न सरोकारवाला निकायहरुले संयुक्त रुपमा सरसफाई गरेको हो ।

इलाका प्रहरी कार्यालय मनहरी, मनहरी ट्राफिक कार्यालय, सशस्त्र प्रहरी बल मनहरी र विभिन्न यातायात व्यवसायी संघकोले संयुक्त रुपमा बजार सरसफाई गरिएको छ ।

बजार क्षेत्रमा जथाभावि रुपमा फालिएका प्लाष्टिकजन्य सामग्रीहरु, कुहिने वस्तुहरुलाई उठाइएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।