निवार्चित पदाधिकारीहरु सपथ ग्रहण गर्दै ।

हेटौंडाः नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडा उपमहानगर समितिको अध्यक्षमा गोपीरमण प्याकुरेल चयन हुनुभएको छ । शनिबार सम्पन्न अधिवेशनले प्याकुरेलको अध्यक्षतामा ४२ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको हो ।

संगठनको उपाध्यक्षमा रमेश कुमार बर्तौला, सचिवमा देवराज शर्मा, कोषाध्यक्षमा भरत पोखरेल, सहसचिवमा भगवती कट्टेल, सहकोषाध्यक्षमा शर्मिला ढकालसहित ४२ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको हो । निर्वाचित समितिको कार्यकाल ३ वर्ष हुनेछ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडा उपमहानगर समितिको दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रम संगठनका हेटौंडा उपमहानगर समितिका अध्यक्ष मुकुन्द न्यौपानेको अध्यक्षतामा तथा संगठनका केन्द्रिय कोषाध्यक्ष विष्णु भण्डारीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा संगठनमा रहँदा शिक्षक सेवाबाट निवृत्त हुनुभएका २७ जना शिक्षकहरुलाई सम्मान समेत गरिएको छ ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य पद्मा पौडेल, राष्ट्रिय परिषद् सदस्य रमेश प्रसाद लामिछाने, संगठनका बागमती प्रदेश सचिवालय सदस्य मोहन प्रसाद शर्मा, जिल्ला अध्यक्ष श्रीराम दहालको पनि आतिथ्य रहेको थियो ।