हेटौंडाः मकवानपुरको प्रथम लोक कवि गणेशलाल श्रेष्ठको शालिक चोरी भएको छ । भीमफेदीमा आइतबार कवि गणेशलाल श्रेष्ठको शालिक अनावरण गर्ने भनिएको थियो तर गए राति नै शालिक चोरी भएको हो ।
करिब ५ लाखको लागतमा बनेको शालिक ईलाका प्रहरी कार्यालय भीमफेदीबाट २ सय मिटर टाढा ज्योति पुस्तकालय परिसरबाटै चोरी भएको हो ।

लोककवि गणेशलाल श्रेष्ठको शालिक चोरी भएपछि शालिक अनावरणका लागि सहभागीहरु भीमफेदी बजारमा शान्ति र्याली निकाल्दै ।











