तालिमको उद्घाटन गर्नुहुँदै बागमती प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनाल ।

हेटौंडाः बागमती प्रदेशका पत्रकारहरुका लागि ५ दिने आधारभूत पत्रकारिता तालिम धुलिखेलमा बिहीबारबाट सुरु भएको छ । बागमती प्रदेशको सञ्चार रजिस्ट्रारको कार्यालयका प्रमुख रेवती प्रसाद सापकोटाको सभाध्यक्षता तथा अन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन कार्यक्रम भएको छ ।

पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको प्रेस रजिष्ट्रारको कार्यालयले जनाएको छ । तालिममा समृद्ध समाज दैनिकका संवाददाता जमुना तामाङ र रविन्द्र वाईबाको पनि सहभागिता रहेको छ । विनोद ढुंगेलले सहजीकरण गर्नुहुने तालिममा २६ जना सहभागी छन् ।