फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा–१० स्थित स्वाब संकलन केन्द्रबाट ११ जनाको स्वाब नमूना संकलन गरिएको छ । ४ जना महिलासहित ७ पुरुषको स्वाब नमूना संकलन गरेर कोरोना परिक्षण गर्न हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो ।