हेटौंडाः हेटौंडा–५ स्थित रुद्रेश्वर मन्दिर परिसरमा आज मंगलबार गणेश मन्दिरको स्थापना गरिँदैछ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलले मन्दिरको उद्घाटन गर्ने रुद्रेश्वर मन्दिर क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष राजीव सुवेदीले बताउनुभयो ।

झण्डै २० लाखको लागतमा गणेश मन्दिरको निर्माण गरिएको छ । ५ दिनसम्म पूूजा गरेर आज मंगलबार गणेशको मूर्ति स्थापना गर्न लागिएको सुवेदीले बताउनुभयो ।

स्वर्गीय जगन्नाथ सुवेदी (माधव) को स्मृतिमा श्रीमती सुमित्रादेवी सुवेदीले गणेश मन्दिरको निर्माण गर्नुभएको हो । रुद्रेश्वर मन्दिरलाई थप व्यस्थापन गर्दै पर्यटकीय क्षेत्र बनाउन लागिपरेको अध्यक्ष सुवेदीको भनाई छ ।