फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षस्वर स्वाब नमूना संकलन केन्द्रबाट मंगलबार २८ जनाको स्वाब नमूना संकलन भएको छ । ९ जना महिला र १९ जना पुरुषको स्वाब संकलन गरेर हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा कोरोना परिक्षण गर्न पठाइएको हेटौंडा उपमहागनरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो ।

उहाँको अनुसार कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन मकवानपुरमा देखिएको छैन । टेकुमा ओमिक्रोनको परिक्षण गर्न हालसम्म मकवानपुरबाट नमूना नपठाएको चौलागाईले बताउनुभयो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!