हेटौंडाः हेटौंडा–७, नागस्वतीस्थित समृद्ध युवा बचत कोषको पाँचौं वार्षिक साधारणसभा शनिबार भएको छ । कोषका अध्यक्ष युवराज गौतमको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका ७ नम्बर वडाध्यक्ष राजन थापाको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।

कार्यक्रममा कोषका कोषाध्यक्ष सुमन लामिछानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषका अध्यक्ष युवराज गौतमले प्रगति प्रतिवेदन एवम् नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । साधारणसभामा कोषका संस्थापक अध्यक्ष किरण लामिछानेको पनि उपस्थिति रहेको थियो ।

वनभोजसहित आयोजना गरिएको साधारणसभामा कोषका सदस्यहरुको उपस्थिति रहेको थियो । समृद्ध युवा बचत कोषले हेटौंडा–७, नागस्वतीमा समृद्ध पुस्तकालय सञ्चालन गर्नुका साथै सामाजिक सेवाका कार्य समेत गर्दै आएको छ ।