हेटौंडाः हेटौंडा–९ स्थित नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सञ्चालक समितिले पूर्णता पाएको छ । उपाध्यक्ष र सदस्य बाहेक अन्य पदमा सर्वसम्मत चयन भएको थियो । शनिबार निर्वाचन गरेर सञ्चालक समितिलाई पूर्णता दिइएको हो ।

अध्यक्षमा जंगबहादुर गुरुङ सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको थियो । अध्यक्ष गुरुङसहित सचिवमा नारायणप्रसाद खतिवडा, सहसचिवमा ज्ञानेन्द्र अधिकारी, लेखा समिति संयोजकमा धर्म मिश्र, सदस्यमा प्रेमप्रसाद बोलखे र कृष्णप्रसाद ढकाल सर्वसम्मत निर्वाचित भएका थिए ।

उपाध्यक्ष र सदस्य पदमा भने शनिबार निर्वाचन भएको थियो । निर्वाचनबाट सहकारी सञ्चालक समितिको उपाध्यक्षमा रामचन्द्र दाहाल निर्वाचित हुनुभएको छ भने सदस्यमा गोमादेवी पौडेल, इन्दिरा कुमारी काफ्ले, विमल कुमार घिमिरे, नरेन्द्र भण्डारी, टिकाप्रसाद भट्टराई, रामचन्द्र अर्याल, नकुलप्रसाद अधिकारी, दीपक खड्का र सुन्दर न्यौपाने निर्वाचित हुनुभएको छ ।