हेटौंडाः तेक्वान्दो खेलको प्रशिक्षणलाई सहज बनाउने उद्देश्यले प्रशिक्षण सामग्री हस्तान्तरण गरिएको छ । हेटौंडाका दुईवटा तेक्वान्दो डोजाङलाई हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रशिक्षण सामग्री प्रदान गरिएको हो ।

मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिको पहलमा हेटौंडा–४ को रेकग्नाइज डोजाङ र हटिया गैरीगाउँ तेक्वान्दो डोजाङलाई प्रशिक्षण सामग्री हस्तान्तरण गरिएको हो । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा सामग्री हस्तान्तरण गरिएको हो । रेकग्नाइज डोजाङका प्रमुख विक्रम लामिछानेलाई ५० हजार रुपैयाँ र हटिया गौरीगाउँ तेक्वान्दो डोजाङका प्रमुख शिवहरि राईलाई २५ हजार रुपैयाँ बराबरको प्रशिक्षण सामग्री हस्तान्तरण गरिएको थियो । मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमिति अध्यक्ष लालकाजीरत्ना बज्राचार्य, कोषाध्यक्ष रवीन्द्र डंगोल, सदस्यद्वय हरि भुजेल तथा गोपाल सुनारको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको छ ।