हेटौंडाः सोमबार मकवानपुरको सबै स्थानीय तहमा नेकपा माओवादी केन्द्रको सम्मेलन सम्पन्न गर्ने भनिए पनि ३ वटा स्थानीय तहमा मात्रै सम्मेलन भएको छ । हेटौंडा उपमहानगरपालिका, कैलाश गाउ“पालिका र मकवानपुरगढी गाउ“पालिकाको मात्रै सम्मेलन सकिएको हो ।
मकवानपुरको मकवानपुरगढीमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सम्मेलनको उद्घाटन गर्नुभएको छ । उहाँले माओवादी पार्टी कम्युनष्टिहरुमध्ये उत्कृष्ट भएको दाबी गर्दै देशको पहिलो शक्तिशाली पार्टी बन्ने बताउनुभयो । मकवानपुरगढीमा सोमबार ४७ सदस्यीय नेकपा माओवादीको मकवानपुरगढी गाउँपालिका कमिटी चयन भएको छ । पदाधिकारी भने मंसिर १७ गते चयन हुने बागमती प्रदेश कमिटी सदस्य भीम पाख्रिनले जानकारी दिनुभयो । समय अभावका कारण पदाधिकारी निर्वाचित गर्न नसकेको उहाँको भनाई छ । यस्तै, मकवानपुरगढीको वाइसीएल अध्यक्षमा दिलिप लोप्चन चयन हुनुभएको छ । उपाध्यक्षमा दिपेश थिङ, दिनेश मगरलगायत ३९ सदस्यीय वाइसीएल मकवानपुरगढी गाउ“पालिका कमिटी चयन भएको छ ।
कैलाश गाउँपालिकामा ५५ सदस्यीय नेकपा माओवादी केन्द्रको नयाँ कमिटी चयन भएको छ । बालकुमार मल्लको अध्यक्षतामा चयन भएको कमिटीको उपाध्यक्षमा ठाकुर सिं थिङ, डबल गोले, लाल सिं गुरुङ रहनुभएको छ । कमिटीको सचिवमा कमल अर्याल, सहसचिवमा रविन्द्र थिङ र सुजता फुयँ“ल, कोषाध्यक्षमा सुनिता दोङ चयन हुनुभएको छ । कैलाश गाउ“पालिका सम्मेलनमा बागमती प्रदेश कमिटी सदस्य वीरबहादुर घलान ज्वालाको प्रमुख आतिथ्य रहेको थियो ।
मकवानपुरको राक्सिराङ, ईन्द्रसरोवर, मनहरी, भीमफेदी, बकैया, बागमती गाउँपालिकामा भने तयारी नपुगेकाले सोमबार गाउँपालिकास्तरीय सम्मेलन हुन नसकेको मओवादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिनले बताउनुभयो । उहाँका अनुसार केही दिनमै ती स्थानीय तहले सम्मेलन सक्नेछन् ।