रक्तदान गरिँदै

हेटौंडाः हेटौंडामा सोमबार रक्तदान कार्यक्रम भएको छ । हेटौंडा–९ स्थित लामसुरेमा भएको रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् ।

सत्यसाई सेवा संगठनको आयोजनामा भएको रक्तदानमा ३ जना महिला र ३४ जना पुरुषले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक विष्णु रिमालले जानकारी दिनुभयो । सत्यसाई सेवा संगठनका अध्यक्ष मना थापाको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।