कार्यक्रममा सहभागिहरु ।

हेटौंडाः गजल मञ्च मकवानपुरको आयोजनामा १८४ औं नियमित गजल यात्रा शनिबार सम्पन्न भएको छ । कार्यक्रम गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारीको सभाध्यक्षतामा भएको थियो । वरिष्ट साहित्यकार तुलसी घिमीरेको प्रमूख अतिथ्यतामा कार्यक्रम भएको थियो ।

अध्यक्ष तिवारीले मञ्चको अधिवेशन माघ महिनामा गरिने बताउनुभयो । अधिवेशनले १८५ औं नियमित गजल यात्रालाई उत्साहपूर्ण वातावरण बनाउन सहयोग पुग्ने बताउनुभयो । झरना साहित्यिक परिवार मकवानपुरका संस्थापक रमेशमोहन अधिकारीले साहित्य कला र संकृति भएकाले यसको संरक्षणमा सबैको दायित्व रहेको बताउनुभयो ।

सहभागिहरुले गजल वाचन समेत गरेका छन् । कार्यक्रममा गजलकारहरु अनिता न्यौपाने, मुक्ति गोव्रिन्द बैद्य, छवि अनित्य, सिएम रिमाल र डीबी बर्तौलाको उपस्थिती रहेको थियो ।