Home मुख्य समाचार एमाले मनहरी गाउँपालिका कमिटीले लिए सपथ

एमाले मनहरी गाउँपालिका कमिटीले लिए सपथ

एमाले मनहरी गाउँपालिका कमिटी सपथ लिदै

हेटौंडः मकवानपुरको मनहरी गाउँपालिकाको अधिवेशनबाट निर्वाचित नेकपा एमालेको गाउँ कमिटीलाई एमाले प्रचार प्रसार विभाग प्रमुख योगेश भट्टराईले आज सपथ खुवाउनुभएको छ । निर्वाचित एमाले मनहरीको अध्यक्ष नवीन सुवेदीसहितको ७५ जना सदस्यहरुले सपथ लिएका छन् ।

एमाले प्रचार विभाग प्रमुख भट्टराईले सपथ ग्रहण सँगै कार्यकर्तालाई प्रशिक्षण समेत गर्नुभएको छ । उहाँले माधव नेपालको समाजवादी पार्टी एक्लै चुनावमा उठे एक सिट पनि नजित्ने बताउनुभयो । भट्टराईले आउँदो चुनावमा एमाले एक्लै उठेर बहुमत ल्याउने दाबी गर्नुभएको छ ।

उहाँले नेपालमा एउटामात्र कम्युनिष्ट पार्टी रहने र त्यो नेकपा एमाले हुने ठोकुवा गर्नुभएको छ । उहाँले फरक प्रसंगमा यही मंसिर १०–१२ गतेसम्म चितवनमा हुने एमालेको १० औं राष्ट्रिय महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताउनुभएको छ ।

Exit mobile version