Home मुख्य समाचार रगतको अभाव टार्न युवा संघले शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गर्दै

रगतको अभाव टार्न युवा संघले शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गर्दै

रक्तसञ्चार केन्द्रको आकस्मिक रक्तदाताको सूचिमा रहनुभएका नरेन्द्र भण्डारी बिहीबार रक्तदान गर्नुहुँदै ।

हेटौंडाः रक्तसञ्चार केन्द्र हेटौंडामा रगतको अभाव भएपछि राष्ट्रिय युवा संघ नेपाल हेटौंडा उपमहानगरपालिका १२ र १३ नम्बर वडा कमिटीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

भोलि शुक्रबार बिहान हेटौंडा–१३, पदमपोखरीस्थित पदमपोखरी पार्टी प्यालेसमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रगतको अभावबाट कसैको ज्यान जाने अवस्था नहोस् र अभावको स्थितिलाई टार्न रक्तदान कार्यक्रमको आयोजना गरिएको युवा संघ नेपाल हेटौंडा उपमहानगर कमिटीका अध्यक्ष राजेश नगरकोटीले जानकारी दिनुभएको छ ।

Exit mobile version