हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा बन्द सफल पार्न विप्लबको कार्यकर्ताहरु परिचालन भएका छन् । ५० जनाको विप्लब मकवापनुरको समूह हेटौंडा बजार परिक्रम गर्दै बन्द सफल पार्न आग्रह गरेका छन् ।

इन्धनको मुल्य वृद्धि भएको भन्दै विप्लबले नेपाल बन्दको आज आह्वान गरेको हो । नेपाल बन्दको कारण मकवानपुरमा सवारीसाधनहरु कम चलेका छन् । लामो दुरीका सवारीहरु निकै कम चलेको र चलेकाहरु कतै नरोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

हेटौंडासहित जिल्लामा विप्लबले शान्तिपूर्ण बन्द गरेका छन् । हालसम्म मकवानपुर जिल्लामा विप्लबको कार्यकर्ताहरु पक्राउ भने परेका छैनन् । हेटौंडा बजारको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

हेटौंडा बजारमा मोटरसाइकल, मयुरी लगायत साना सवारीहरु चलिरहेको छ । यस्तै औषधी पसल, सवारी मर्मत केन्द्र खुलेको छ । अन्य व्यवसाय भने बन्द गरिएको छ । पेट्रोल पम्प बन्द रहेको छ । नेपाल बन्द भनिए पनि हेटौंडामा सरकारी बैंकहरुबाट काम भइरहेको छ ।