हेटौंडाः पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियुले सोमबार प्रदर्शन गरेका छन् । हेटौंडा–१० स्थित वन विज्ञान क्याम्पस अगाडि विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै उनीहरू मूल्यवृद्धि फिर्ताको माग गर्दै सांकेतिक प्रदर्शन गरेका हुन् । सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको छ । खाना पकाउने ग्यासको पनि मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ पुर्याइएको छ ।