उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिँदै ।

हेटौंडाः मकवानपुरगढी गाउँपालिका–७ स्थित गीताधर्म आधारभूत विद्यालयको ५६ औं अभिभावक भेला शुक्रबार भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्ध्यक्ष सिंहबहादुर मुक्तानको अध्यक्षता तथा मकवानपुुरगढी गाउँपालिका ७ नम्बर वडा अध्यक्ष सूर्यबहादुर रुम्बाको प्रमुख आतिथ्यमा अभिभावक भेला भएको हो । ८ कक्षासम्म पठनपाठन हुने विद्यँलयका कक्षागत उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत समेत गरिएको छ ।

अभिभावक भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तानले विद्यालयको भौतिक प्रगति प्रतिवेशन प्रस्तुत गर्नुभयो भने प्रधानाध्यापक विष्णुप्रसाद न्यौपानेले शैक्षिक, प्रशासनिक एवम् आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । अभिभावक भेलामा मकवानपुरगढी गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर घलान, स्रोतशिक्षक ईन्द्रबहादुर कार्की, दशरथी उपाध्याय, जनता माविका प्रधानाध्यापक होमबहादुर नेपाली, स्थानीय समाजसेवी, टोल विकास संस्थाका अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो । भेलाले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको प्रतिवेदन पारित गरेको छ ।