साहित्य शृंखलामा सहभागी साहित्यकारहरु ।

हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरको २७१ औं साहित्य शृङखला सिक्किमको गान्तोकमा सम्पन्न भएको छ । झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा २१ गतेदेखि हेटौंडा-इलाम-दार्जिलिङ र सिक्किमसम्म मकवानपुरका साहित्यकारहरुले विशेष साहित्यिक यात्रा सुरु गरेका थिए ।

यसैबीच झरनाले सिक्कमेली चिया कविता संस्थाको सहकार्यमा साहित्य शृङ्खला सम्पन्न गरेको झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतमले जानकारी दिनुभयो । सिक्किमेली चिया कविता संस्थाको समन्वयमा भएको कार्यक्रममा कविहरुले कविता वाचन गरेका छन् । कात्तिक २१ गतेदेखि २५ गतेसम्म हुने विशेष साहित्यिक यात्राको गन्तव्य सिक्किमसम्म पुगेको छ ।

मकवानपुरका १७ जना साहित्यकारहरुको समूह पर्यावरण साहित्यलाई जोड दिने उद्देश्यले साहित्यिक भ्रमण गरिएको साहित्यकार सुुवास खनालले बताउनुभयो । यसअघि भने मुगुको रारा ताल भ्रमणका निम्ति झरनाकै आयोजनामा साहित्य यात्रा भएको उहाँले बताउनुभयो । साहित्यिक यात्रालाई भने निरन्तरता दिने योजना रहेको खनालले जानकारी दिनुभयो ।