गुगल तस्विर ।

हेटौंडाः हेटौँडा–११ नवलपुरमा लहरी गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालकको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालक हेटौँडा–१२ का २० वर्षीय सुशान्त पुडासैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

मंगलबार बिहान लहरीले मोटरसाइकललाई ठक्कर दिँदा पूडासैनीको मृत्यु भएको हो । ना ७ ख ८८१ नम्बरको लहरी गाडीले बागमती प्रदेश ३–००४ प ७१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । मोटरसाइकलमा पूडासैनी मात्रै सवार रहेको प्रहरी जनाएको छ ।