हेटौंडा: हेटौंडा–१० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट मंगलबार १७ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ ।
४ जना महिला र १३ जना पुरुषको स्वाब नमुना सङ्कलन गरी कोरोना परिक्षणका लागि हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।