हेटौंडाः मकवानपुरमा मंगलबार १ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । ७ जनामा गरिएको पिसीआर परिक्षणमा १ जनामा संक्रमण देखिएको र ५ जनामा गरिएको एन्टिजेन परिक्षणमा भने संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमण हुने १ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । हाल संस्थागत आइसोलेसनमा ४ जना र होम आइसोलेसनमा ७७ जना कोरोना संक्रमित उपचाररत छन् । यस्तै, मंगलबार संस्थागत आइसोलेसनमा बस्ने २ जना र होम आइसोलेसनमा बस्ने ११ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । हाल जिल्लाभरी ८१ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।