हेटौंडाः हेटौंडा उपहानगरपालिकाका नगरस्तरीय किशोरी सञ्जालको अध्यक्षमा एलिसा खड्का चयन हुनुभएको छ । मंगलबार हेटौंडामा भएको किशोरी भेलाले खड्कालाई सञ्जालको अध्यक्षमा चयन गरेको हो ।
भेलाले खड्काको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरेको छ । भेलाबाट उपाध्यक्षमा रस्निला अर्याल, सचिवमा पुष्पा तामाङ र सह–सचिवमा पुष्पा थापालाई चयन गरिएकोे छ । सिविन नेपाल मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको समन्वयमा भएको भेलामा हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडाका सामुदायिक र निजी विद्यालयका मावि तहका ३८ जना किशोरीहरु सहभागी भएको थियो ।