सांकेतिक तस्विर ।

हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले फरार प्रतिवादी श्रृजना श्रेष्ठलाई पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरको २०७७ मंसिर ३० गतेको फैसलाले सवारी ज्यान मुद्दामा १५ दिन कैद भुक्तान गर्न बाँकी रहेका हेटौंडा–११ का २६ वर्षकी श्रेष्ठलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

श्रेष्ठलाई प्रहरीले हेटौंडा–११ बाट पक्राउ गरेको हो । उनलाई प्रहरीले आवश्यक कारवाहीको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।