हेटौंडाः नेकपा एमाले हेटौंडा–१३ नम्बर वडामा भएको वडाअधिवेशनले भिमबहादुर थिङलाई अध्यक्षमा चयन गरेको छ ।
हेटौंडा–१३ को उपाध्यक्षमा आशिष थापा, सचिवमा उद्धब दङ्गाल, उपसचिव बिष्णु परियार, उपसचिव बिष्णु हरि मिश्र सहित ३७ सदस्यीय कमिटी निर्माण गरेको एमाले जिल्ला सदस्य प्रकाश दाहालले जानकारी दिनुभयो ।