हेटौंडाः नेकपा एमाले हेटौंडा–१ को अध्यक्षमा उत्तमप्रसाद पौडेल चयन भएका छन् । शनिबार भएको एमाले हेटौंडा–१ को १० औं वडाअधिवेशनले उत्तमप्रसाद पौडेलको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा जगत बहादुर थिङ, सचिवमा नारायण सुनार, सहसचिवमा रुपा ढुङ्गाना, मोहम्मद सफिक चयन भएका छन् । यसैगरी वडा कमिटी सदस्यहरुमा अप्सरा पौडेल, रोशनी गुरुङ, विनोद सापकोटा, बुद्ध गोले लगायत ३१ सदस्यीय चयन भएको हो । उनीहरुलाई एमाले मकवानपुरका सचिव एकलाल श्रेष्ठले सपथ खुवाउनुभएको थियो ।