हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई सोमबार स्वागत गरेको छ ।
हेटौंडा आइपुगेका मन्त्री खतिवडालाई अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ड डा. राचन्द्र सापकोटाले अस्पतालको बारेमा जानकारी गराउनुभएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले अस्पताललाई हेटौंडा अस्पतालको रुपमा विकास गर्ने बताउनुभएको छ । उहाँले अस्पतालको कर्मचारीमा प्रतिष्ठान आएपछि जागिर जाने चिन्ता नलिन पनि आग्रह गर्नुभयो ।
वर्षोदेखि काम गर्दै आएको करारका कर्मचारी, चिकित्सक, नर्स लगायत सबैलाई समेटेर प्रतिष्ठानले अपुग कर्मचारी माग्नेमा ध्यनाकर्षण हुने मन्त्री खतिवडाले बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले हेटौंडा अस्पतालको आइसियू कक्ष, कोभिड–१९ वार्डको समेत स्थलगत निरीक्षण गर्नुभएको थियो ।