प्रहरी दिवसको अवसरमा भएको ५ किलोमिटर दौडमा दौडिदै प्रहरीहरु ।

हेटौंडाः ६६ औं प्रहरी दिवस, २०७८ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आयोजना गरेको ५ किलोमिटर दौड प्रतियोगितामा सशस्त्र प्रहरी गण रातोमाटेका प्रहरी जवान सुरेश साह प्रथम भएका छन् । मंगलबार भएको दौड प्रतियोगितामा १८ मिनेट ११ सेकेन्डमा निर्धारित दुरी पार गरी साह प्रथम बनेका हुन् ।

प्रतियोगितामा दंगा नियन्त्रण प्रहरी गण हेटौडाका प्रहरी जवान रमेश कार्की द्वितीय भए । उनले १९ मिनेटमा ५ किलोमिटर दुरी पार गरेका थिए । यस्तै दंगा नियन्त्रण प्रहरी गण हेटौंडाकै प्रहरी जवान बसन्त रोकाय तेस्रो भए । उनले १९ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पार गरे ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई बुधबार प्रहरी दिवसको अवसरमा एक कायक्रमको विच नगद, मेडल र प्रमाणपत्र सहित सम्मान गरिने बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो । दौड प्रतियोगितामा बागमती प्रदेश प्रहरी कार्यालय, दंगा नियन्त्रण प्रहरी गण हेटौंडा र सशस्त्र प्रहरी गण रातोमाटे लगायतका ६१ जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।