हेटौंडाः हेटौंडा बजारको बुद्धचोकमा मंगलबार बिहान भएको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् ।
पूर्णब्रह्मा कबीर उपासक समाज नेपालको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको थियो ।
रक्तदान कार्यक्रमका साथ साथै पूर्णब्रह्माले धार्मिक पुस्तक निशूल्क वितरण समेत गरेको थियो ।