हेटौंडाः नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाको सभापतिमा उत्सव इटेनी र उनको प्यानलनै निर्वाचित भएको छ । शनिबार भएको कांग्रेस हेटौंडा उपमहानगरपालिकाको नगर अधिवेशनमा सभापतिमा इटेनीको प्यानलनै विजयी भएको हो । शनिबार साँझ मतदान सुरु भएको थियो ।
इटेनीले सभापतिका अर्का उम्मेदवार महेन्द्र राउतलाई भारी मतले पराजित गरी विजयी हुनुभएको छ । नगर सभापति इटेनीले २८४ मत प्राप्त गर्दा अर्का उम्मेदवार महेन्द्र राउतले १३२ मत प्राप्त गर्नुभयो । यस्तै उपसभापतिमा इटेनी प्यानलका रामकृष्ण कोइराला, डोल्मा स्याङ्बो निर्वाचित हुनुभएको छ । सचिवमा सविन न्यौपाने, हर्करत्न लामा निर्वाचित हुनुभएको छ । सहसचिवमा निगम श्रेष्ठले र विकास बानियाँ निर्वाचित भएका छन् ।