Home मुख्य समाचार कांग्रेस हेटौंडा नगरमा उत्सब इटेनीको प्यानलनै निर्वाचित

कांग्रेस हेटौंडा नगरमा उत्सब इटेनीको प्यानलनै निर्वाचित

कांग्रेस हेटौंडा उपमहानगरको सभापतिमा विजयी हुनुभएको उत्सब इटेनीको टिम


हेटौंडाः नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाको सभापतिमा उत्सव इटेनी र उनको प्यानलनै निर्वाचित भएको छ । शनिबार भएको कांग्रेस हेटौंडा उपमहानगरपालिकाको नगर अधिवेशनमा सभापतिमा इटेनीको प्यानलनै विजयी भएको हो । शनिबार साँझ मतदान सुरु भएको थियो ।

इटेनीले सभापतिका अर्का उम्मेदवार महेन्द्र राउतलाई भारी मतले पराजित गरी विजयी हुनुभएको छ । नगर सभापति इटेनीले २८४ मत प्राप्त गर्दा अर्का उम्मेदवार महेन्द्र राउतले १३२ मत प्राप्त गर्नुभयो । यस्तै उपसभापतिमा इटेनी प्यानलका रामकृष्ण कोइराला, डोल्मा स्याङ्बो निर्वाचित हुनुभएको छ । सचिवमा सविन न्यौपाने, हर्करत्न लामा निर्वाचित हुनुभएको छ । सहसचिवमा निगम श्रेष्ठले र विकास बानियाँ निर्वाचित भएका छन् ।

Exit mobile version