हेटौंडाः हेटौंडा–११ स्थित चुरेहिल हस्पिटलको संचालक समितिको अध्यक्षमा कृष्ण कटुवाल चयन हुनुभएको छ । हस्पिटलको विशेष साधारण सभाबाट संचालक समितिको अध्यक्षमा कटुवाल सर्वसम्मत चयन हुनुभएको हो ।

समितिको सदस्यहरुमा नारायणलाल श्रेष्ठ, प्रमोदसिंह रानाभाट,विश्वराज रिजाल, अर्जुन डंगोल, संयम मित्तल र अंकिता सुमार्गी सर्वसम्मत चयन भएका छन् । यसैगरी गोकर्णप्रसाद पराजुली, अरुणराज सुमार्गी र मुरारीप्रसाद पुडासैनी सल्लाहकार समितिमा चयन भएका छन् ।