सांकेतिक चित्रः गुगल ।

हेटौंडाः पाहा मार्न गएका मकवानपुरको भीमफेदी गाउँपालिका–५ का २२ बर्षीय नवीन दोङ र २१ बर्षीय राजन दोङ मृत अवस्थामा फेला परेको छ । बुधबार भीमफेदी–५ स्थित धुन्धुरे खोलामा उनीहरु दुवै जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुलाई अहिले खोलाबाट निकाल्न प्रहरीको टोली घटनास्थल पुगिसकेकोे छ । उनीहरु मंगलबार राति ८ बजेतिरको समयमा खोलामा पाहा मार्न गएका थिए । उनीहरुकोे शव पोेष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याई थप अनुसन्धान गर्नेे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।