हेटौंडाः राष्ट्रिय बालदिवसको अवसरमा हेटौंडा–२ स्थित सिद्धार्थ माविमा आयोजना गरिएको विद्यालयस्तरीय निबन्ध प्रतियोगितामा बालजागृती माविका २ जना विद्यार्थी प्रथम भएका छन् ।
कक्षा ६ देखी कक्षा ८ सम्मको निबन्ध लेखन प्रतियोगितामा बालजागृती माविकी कुशाङ्गी अर्याल प्रथम भएकी छिन । सोलिड्यारीटी एकेडेमीकी प्रिंयसा पौडेल द्वितीय, हेटौंडा एकेडेमीका सपिम राज ढकाल तृृतीय र नवोदय शिशु सदनका अनुषा उप्रेती सान्त्वना भएको छ । उनीहरु सबैले मेरो जीवनको लक्ष्यको शिर्षकमा निबन्ध लेखेका थिए ।
कक्षा ९ र १० स्तरीय निबन्ध लेखन प्रतियोगितामा बालजागृती माविकै रिसिका श्रेष्ठ प्रथम भएकी छिन् । ज्ञानोदय बालबाटिका केन्द्रकी मेलीना शाक्य द्वितीय, मकवानपुर बालबाटिका सदनकी प्राश्ना गुरुङ तृतीय र हेटौंडा एकेडेमीका हिमाली जैसवाल सान्त्वना भएका छन् । उनीहरु सबैले कोभिड नियन्त्रणमा बालबालिकाको भूमिका शीर्षकको निबन्ध लेखेका थिए ।
यस्तै बाल प्रतिभा पुरस्कार प्राप्त गर्नेहरुमा बालज्योती माविकी आर्शिया बाँनिया, ब्रह्माहिक एकेडेमीकी जेनिशा अधिकारी, फ्यामकल एकेडेमीका विशोता नगरकोटी, आधुनिक राष्ट्रिय माविका ऋषि यादव र शंकर ज्योती आधारभुत विद्यालयकी एलिना कटुवाल रहेकी छिन् । उपमहानगर भित्रका निजी र सामुदायिक २० विद्यालयका ८० जना विद्यार्थीहरुले मंगलबार निबन्ध लेखन प्रतियोगितामा सहभागिता जनाएका थिए ।