फाइल तस्बिर ।

हेटौंडा : मकवानपुरमा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७५ जनामा गरिएको पिसीआर परिक्षणमा १३ जना र २७ जनामा गरिएको एन्टिजेन परिक्षणमा २ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमण हुनेमा हेटौंडा उपमहानगरपालिकाका ११ जना थाहा नगरपालिकाका २ जना र भिमफेदी गाउँपालिकाका २ जना रहेका छन् । मंगलबार होम आइसोलेसनमा बस्ने ४३ जना र संस्थागत आइसोलेसनमा बस्ने १ जना गरी ४४ जनाले कोरोनालाई जितेका छन् । हाल संस्थागत आइसोलेसनमा ७ जना र होम आइसोलेसनमा २१७ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । जिल्लाभरी २२४ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।